Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ३३ सयले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ३३ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार