Below Menu
Below Menu

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट 

काठमाडौं : टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बुधबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा २९ लाख ४८ हजार ९ सय ६६ जनाले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । 

आवेदन दिएकामध्ये २७ लाख ७१ हजार २५२ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। 

बाँकी रहेको ५ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जसअनुसार ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

Advertisment

थप समाचार