काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८२ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब आठ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १३.२६ प्रतिशतले घटेको छ ।
Advertisment