Below Menu
Below Menu

महिला फुटबल टोलीका तीन स्टार खेलाडी एसटीसी ब्याट्रीको ब्रान्ड एम्बासडर नियुक्त

महिला फुटबल टोलीका तीन स्टार खेलाडी एसटीसी ब्याट्रीको ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं : स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल , मनमाया दमाई  तथा दीपा शाही सँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो।

सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछिन् भने राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी मनमाया दमाई लाई एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रेखा पौडेल, दीपा शाही र मनमाया दमाईले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको उन्नयनमा महत्वपूर्ण योगदान दिइरहेका छन्। 

अनुभव, उदीयमान प्रतिभा र निरन्तर समर्पणका साथ यी तीनै खेलाडीहरूले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय श्री एसटीसी ग्रुपले विगत लामो समयदेखि गुणस्तरीय तथा भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको छ।

कम्पनीले आधुनिक प्रविधिमा आधारित ब्याट्री उत्पादनमार्फत नेपाली बजारमा आफ्नो विश्वसनीय पहिचान स्थापित गरेको छ।

कम्पनीका प्रमुख उत्पादनहरू एसटीसी राइड तथा एसटीसी इनर्जी पूर्ण रूपमा मेडइन नेपाल ब्रान्डहरू हुन्। नेपाली सडक, मौसम तथा उपभोक्ताको आवश्यकताअनुसार स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु तथा भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन्।

विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा तथा पावर ब्याकअप क्षेत्रमा आफ्नो प्रभाव तथा लोकप्रिय बन्दै गरिरहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए।

कम्पनीले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा एन्फाका पदाधिकारी, एसटीसी ग्रुपका मार्केटिङ टिम, खेलकुदकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साइनिङ समारोह उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Advertisment

थप समाचार