Below Menu
Below Menu

टिकेन नेप्सेको वृद्धिः परिसूचक दोहोरो अंकले घट्यो, कारोबार सामान्य बढ्यो

टिकेन नेप्सेको वृद्धिः परिसूचक दोहोरो अंकले घट्यो, कारोबार सामान्य बढ्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ८२ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा प्रभु बैंक डिबेञ्चर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ६.६२ प्रतिशतले बढेको हो । आज अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य १४.९५ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार