काठमाडौं : सरकारले जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालय आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने जनाएको हो।
सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बुधबार बकर ईद पर्व परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ।
Advertisment