कालिञ्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

कालिञ्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिञ्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘केएचपीएल’ रहेको छ ।

कम्पनीको शेयर सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

थप समाचार