काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.८१ प्रतिशतले बढेको हो । आज एनआईसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्य २.५९ प्रतिशतले घटेको छ ।
Advertisment