Below Menu
Below Menu

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित 

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी रामचन्द्र सांघाईलाई पराजित गर्दै वैद्य निर्वाचित भएका हुन् । 

वैद्यले ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिदन्द्धी साँघाईले ३० मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका हेमराज ढकालले सांघाईलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका थिए । 

यस्तै, महासंघको कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । उनले अम्बिका पौडेललाई पराजित गरेका हुन् । प्रधानले ६१ मत पाएका छन् भने पौडेल २५ मत पाएका छन्।

 

Advertisment

थप समाचार