Below Menu
Below Menu

गौतमश्री सहकारीका ऋण नतिर्ने १३७ जनाको नामावली सार्वजनिक (नामसहित)

गौतमश्री सहकारीका ऋण नतिर्ने १३७ जनाको नामावली सार्वजनिक (नामसहित)

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका १३७ जना ऋणीको नामावली सार्वजनिक गरेको छ।

समितिले संस्थाबाट ऋण लिएर हालसम्म भुक्तानी नगरेका ऋणीहरूको विवरण सार्वजनिक गरेको हो।

नेपाल सरकारले २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। त्यसपछि संस्थाको वित्तीय अवस्था, बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा विभिन्न व्यवसायी, सहकारीसँग आबद्ध व्यक्ति तथा प्रभावशाली व्यक्तिहरू समेत रहेका छन्। 

समितिले ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। साथै, हालसम्म कर्जा भुक्तानी नगरेका ऋणीहरूलाई तत्काल सम्पर्कमा आई ऋण चुक्ता गर्न निर्देशन दिइएको छ।

तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने तथा आवश्यक कानुनी कारबाही गरिने समितिले चेतावनी दिएको छ।

*समाचारमा प्रकाशित तस्बिर एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट तयार गरिएको हो ।

Advertisment

थप समाचार