काठमाडौं : डा. परितोष पौड्याल राष्ट्रिय सहकारी बैंकको सञ्चालक (बागमती प्रदेश) पदमा विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरे लाई २७५ मतको स्पष्ट अन्तरले पराजित गर्दै सञ्चालक पदमा निर्वाचित भएका हुन्।
निर्वाचनमा डा. पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले १ हजार ५५२ मत प्राप्त गरे।
विजयीपछि डा. पौड्यालले बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्य–मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। भावी अध्यक्षका रूपमा समेत हेरिएका उनले सहकारी बैंकमार्फत वित्तीय सुशासन प्रवर्द्धन गर्ने तथा नीतिगत स्थिरता कायम गर्न विशेष पहल गर्ने बताएका छन्।
सहकारी अभियानमा आफ्नो तीन दशकभन्दा लामो अनुभव आगामी सफल नेतृत्वको मुख्य आधार हुने उल्लेख गर्दै उनले बैंकलाई संस्थागत रूपमा अझ प्रभावकारी बनाउने दाबी गरे।
Advertisment