Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम

राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचन उपसमितिले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन परिणाम घोषणा गरेको छ ।

निर्वाचन उपसमितिले आइतबार आयोजित एक कार्यक्रमबीच दुवै समितिको निर्वाचन परिणाम सार्वजनिक गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिमा लक्ष्मी प्रसाद उप्रेती (कोशी प्रदेश), मन्दिरा आचार्य (मधेश प्रदेश), परितोष पौड्याल (बागमती प्रदेश), कमलादेवी गिरी (गण्डकी प्रदेश), विष्णु प्रसाद बराल (लुम्बिनी प्रदेश), कालिबहादुर महतारा (कर्णाली प्रदेश) तथा मनमोहन विष्ट (सुदूरपश्चिम प्रदेश) निर्वाचित भएका छन् ।

बागमती प्रदेश बाहेक अन्य सबै प्रदेशका सञ्चालकहरू निर्विरोध निर्वाचित भएका थिए । शनिबार भएको बागमती प्रदेश सञ्चालक पदको निर्वाचनमा परितोष पौड्याल विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेले १५५२ मत प्राप्त गर्दा पौड्यालले १८२७ मत ल्याएर जित हासिल गरेका थिए ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पाख्रेल र ममता कुमारी साह निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ ।

बैंकका अनुसार दुवै समितिको प्रमाण पत्र वितरण र शपथग्रहण कार्यक्रम जेठ १३ गते तय गरिएको छ ।

Advertisment

थप समाचार