Below Menu
Below Menu

सुनचाँदी मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदी मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४० रुपैयाँले बढेको हो। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment