Below Menu
Below Menu

तीन सहकारीका १७ सय ऋणीमाथि सरकारको एक्सन, रकम नतिरे कानुनअनुसार कारबाही

तीन सहकारीका १७ सय ऋणीमाथि सरकारको एक्सन, रकम नतिरे कानुनअनुसार कारबाही

काठमाडौं : संघीय सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ। 

समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको हो। समितिले सोमबार सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ।

अन्यथा कानुन बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।

 

Advertisment

थप समाचार