Below Menu
Below Menu

इरानको युरेनियम नष्ट गर्ने ट्रम्पको दाबी, होर्मुज जलमार्गमा कर लगाउने इरानको तयारी

इरानको युरेनियम नष्ट गर्ने ट्रम्पको दाबी, होर्मुज जलमार्गमा कर लगाउने इरानको तयारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्। उनले सम्झौता सम्पन्न भएलगत्तै विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग सबै जहाजहरूको आवागमनका लागि पूर्ण रूपमा खुला गरिने बताएका छन्।

ट्रम्पका अनुसार क्षेत्रीय तनाव कम भएपछि अमेरिकाले इरानको उच्च स्तरमा समृद्ध बनाइएको युरेनियमको व्यवस्थापन गर्नेछ र त्यसलाई नष्ट गर्ने प्रक्रिया अघि बढाइनेछ। 

उनले कूटनीतिक प्रयास सफल नभए अमेरिकासँग ‘अन्तिम विकल्प’ समेत रहेको चेतावनी दिएका छन्। यद्यपि उनले उक्त विकल्प पुनः प्रयोग गर्ने इच्छा नरहेको उल्लेख गरेका छन्।

तर ट्रम्पको दाबीलाई इरानले तत्काल अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आइतबार कुनै पनि अमेरिका–इरान शान्ति सम्झौतामा हस्ताक्षर नहुने स्पष्ट पारे। 

उनका अनुसार दुवै पक्षबीच वार्ता जारी रहे पनि सम्झौताको निश्चित मिति अझै तय भएको छैन। उनले आगामी केही दिनभित्र सहमति हुन सक्ने सम्भावना भने रहेको बताए।

यसैबीच, इरानले होर्मुज जलमार्गमा नयाँ व्यवस्थापन तथा निगरानी प्रणाली लागू गर्ने तयारी गरेको जनाएको छ। प्रवक्ता बगाईका अनुसार जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षालाई व्यवस्थित बनाउन नयाँ नियमहरू कार्यान्वयन गरिनेछन्। उक्त मार्ग प्रयोग गर्ने जहाजहरूबाट प्रदान गरिने सेवाको आधारमा शुल्क वा करसमेत लिन सकिने इरानले संकेत दिएको छ।

 

Advertisment

थप समाचार