Below Menu
Below Menu

एघार महिनामा ४७ अर्ब ६१ करोडको वैदेशिक लगानी प्रतिवद्धता, साढे १७ अर्ब लाभांश बाहिरियो

एघार महिनामा ४७ अर्ब ६१ करोडको वैदेशिक लगानी प्रतिवद्धता, साढे १७ अर्ब लाभांश बाहिरियो

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा साढे ४७ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म ९१४ परियोजनाका लागि ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

यसअवधिमा ७११ परियोजनामा अटोमेटिक रुटबाट सात अर्ब ७१ करोड ६८ लाख ७९ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने कागजी प्रक्रियाबाट २०३ परियोजनामा ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । 

चालु आवको जेठमा मात्रै १८६ परियोजनाका लागि दुई अर्ब २९ करोड ५३ लाख ४३ हजार रुपैयाँ बराबरको लगनाी प्रस्ताव आएको छ । 

जेठसम्ममा दर्ता भएका उद्योगमा २५ हजार ४५० जनाले रोजगारी पाउने भएका छन्  । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ८९४ वटा, मझौला उद्योग ११ र ठूला उद्योग नौ वटा रहेका छन् । 

विभाग अनुसार जेठसम्ममा कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ, पर्यटन क्षेत्रका २०२ परियोजनामा १२ अर्ब ९९ करोड ७४ लाख र उत्पादन मुलुक क्षेत्रका ५२ परियोजनामा तीन अर्ब ५७ करोड १० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

त्यस्तै, ऊर्जा सम्बन्धी दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार, सेवामुलक क्षेत्रका ६२ परियोजनामा चार अर्ब ५९ करोड नौ लाख र सुचना प्रविधिका ५७७ परियोजनामा दुई अर्ब ३६ करोड ५८ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत साढे १७ अर्ब रुपैयाँ रोयल्टी लगेका छन् । विदेशी लगानीकर्ताले नेपालबाट १७ अर्ब ८० करोड ३३ लाख २ हजार रुपैयाँ लाभांश लगेका हुन् । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ५ अर्ब ५८ करोड ४८ लाख ६२ हजार, अमेरिकी डलरमा १५ लाख २१ हजार र भारतीय मूल्यमा  थप ५४ लाख ३६ हजार रुपैयाँ रोयल्टी लगेका हुन् । 

Advertisment

थप समाचार