अमेजन र माइक्रोसफ्टलाई पछि पार्दै मस्कको स्पेसएक्स बन्यो विश्वकै पाँचौँ मूल्यवान् कम्पनी

अमेजन र माइक्रोसफ्टलाई पछि पार्दै मस्कको स्पेसएक्स बन्यो विश्वकै पाँचौँ मूल्यवान् कम्पनी

एजेन्सी : एलोन मस्कको अन्तरिक्ष तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनी स्पेसएक्सको शेयर मूल्यमा आएको तीव्र वृद्धिपछि कम्पनी विश्वको पाँचौं सबैभन्दा मूल्यवान कम्पनी बन्न पुगेको छ।

Sponsored Advertisement

मंगलबार मात्रै कम्पनीको शेयर मूल्य १४ प्रतिशतभन्दा बढीले बढेपछि यसको बजार पूँजीकरण करिब ४२.८५ ट्रिलियन डलर (झण्डै २४० लाख करोड रुपैयाँ) पुगेको हो।

शेयर मूल्यमा भएको यो उछालसँगै स्पेसएक्सले ई–कमर्स कम्पनी अमेजनलाई उछिनेको छ भने केही समयका लागि टेक कम्पनी माइक्रोसफ्टलाई समेत पछि पारेको थियो। यद्यपि कारोबारको अन्त्यतिर शेयर मूल्य केही घटेपछि माइक्रोसफ्ट पुनः अगाडि देखिएको छ।

स्पेसएक्सको शेयर मूल्यमा लगातार दोस्रो दिन उल्लेखनीय वृद्धि भएको हो। सोमबार कम्पनीको शेयर २० प्रतिशतभन्दा बढीले बढेको थियो भने मंगलबार थप १४.३ प्रतिशतले उकालो लागेको थियो। यसरी दुई दिनमै कम्पनीको मूल्यमा ६० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।

कम्पनीको शेयर मूल्यमा आएको वृद्धिले संस्थापक एलोन मस्कको सम्पत्तिमा पनि ठूलो प्रभाव पारेको छ। एकै दिनमा मस्कको सम्पत्ति करिब १६४ अर्ब डलर (झण्डै १५.५ लाख करोड रुपैयाँ) ले बढेको अनुमान गरिएको छ। यो रकम प्रसिद्ध लगानीकर्ता वारेन बफेटको कुल सम्पत्तिभन्दा समेत करिब ११ प्रतिशत बढी रहेको बताइएको छ।

स्पेसएक्ससँग सम्बन्धित विकल्प (अप्सन) कारोबार सुरु हुनु पनि लगानीकर्ताको उत्साह बढ्नुको प्रमुख कारण हो। मंगलबारदेखि कम्पनीको शेयरमा आधारित विकल्प कारोबार खुला भएपछि बजारमा थप खरिद दबाब सिर्जना भएको छ। यसले लगानीकर्तालाई कम्पनीको भावी मूल्य वृद्धिमा दाउ लगाउने नयाँ अवसर प्रदान गरेको छ।

स्पटगामा अप्सन विश्लेषण प्लेटफर्मका संस्थापक ब्रेन्ट कोचुबाका अनुसार स्पेसएक्सका अप्सन कारोबार सुरु भएसँगै बजारमा कम्पनीप्रति थप आकर्षण बढेको छ। यदि कल अप्सनको माग उच्च रहिरह्यो भने बजार निर्माताहरूले थप शेयर खरिद गर्नुपर्ने अवस्था आउन सक्छ, जसले शेयर मूल्यलाई अझ माथि धकेल्न सक्छ।

यद्यपि, कम्पनीको मूल्याङ्कनबारे भने केही विज्ञहरूले प्रश्न उठाएका छन्। उनीहरूका अनुसार हालको मूल्य वृद्धिलाई कम्पनीको वास्तविक वित्तीय अवस्था भन्दा पनि लगानीकर्ताको उच्च अपेक्षा र बजारको उत्साहले प्रेरित गरेको हुन सक्छ।

स्विसकोट बैंककी वरिष्ठ बजार विश्लेषक इपेक ओजकार्डेस्कायाले स्पेसएक्सको वर्तमान मूल्याङ्कनलाई ‘अत्यधिक अनुमानमा आधारित’ भन्दै सावधानी अपनाउन आग्रह गरेकी छन्। उनका अनुसार धेरै लगानीकर्ताले भविष्यमा मूल्य अझ बढ्ने अपेक्षामा शेयर खरिद गरिरहेका छन्, जसले बजारमा सट्टेबाजीको जोखिम बढाएको छ।

थप समाचार