Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ५२ सयले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ५२ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार