काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार दोहोरो अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २३ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८३ प्रतिशतले घटेको छ ।