काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते, बिहीबार १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल इम्पेरियलमा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार भदौ १८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।