काठमाडौं : आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दूधकोशी-२ (जलाशययुक्त) जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँसम्म लगानी गर्ने भएको छ ।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आयोजना प्रवर्द्धक दूधकोशी हाइड्रोपावर प्रालिले अघि बढाउन लागेको उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।
कम्पनीले आयोजनाको विस्तृत परियोजना विवरण (डीपीआर) अध्ययन गर्दा लगानी तथा प्रतिफलका दृष्टिले उपयुक्त देखिएकाले अंकित मूल्यमा अधिकतम १०० करोड रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक सहमति जनाएको छ।