वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा

काठमाडौं : नेपाली कांग्रेसले आगामी दिनमा देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो । पार्टीका महामन्त्री प्रदीप...

चरम शोषणविरुद्ध सडकमा राइडर, वैज्ञानिक भाडादर र नियमनका लागि सरकारलाई दबाब
चरम शोषणविरुद्ध सडकमा राइडर, वैज्ञानिक भाडादर र नियमनका लागि सरकारलाई दबाब

काठमाडौं : राइड सेयरिङ कम्पनीविरुद्ध प्रदर्शन गरिरहेका चालकहरूले आन्दोलन थप चर्काउने भएका छन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आयोजनामा विभिन्न किसिमको आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार काठमाडौंमा मोटरसाइकल÷स्कुटर र्यालीको आयोजना गरे । सोमबार मोटरसाइकल/स्कुटर लिएर माइतीघरमा प्रदर्...

बाजुरामा एसइईको सम्पूर्ण तयारी पुरा, दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पुरा, दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै

बाजुरा : चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को लागि बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षाको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ । यस वर्ष जिल्लाभरबाट नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ स...

बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने

काठमाडौं  : गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्यालसँग छलफल गरेका छन् । सो क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवन उपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको छ । यसका लागि सशस्त्र प्रहर...

कालोपत्रेले फेरियो हुल्म-मान्म सडकको मुहार, सास्तीबाट मुक्त हुँदै स्थानीय
कालोपत्रेले फेरियो हुल्म-मान्म सडकको मुहार, सास्तीबाट मुक्त हुँदै स्थानीय

सुर्खेत : कालोपत्रे गरिएसँगै हुल्म-मान्म सडक खण्डको स्वरुप बदलिएको छ । कर्णाली राजमार्गका अन्तर्गत पर्ने हुल्म–मान्म सडक खण्ड कालोपत्रे गरिएको छ । हुल्मदेखि मान्मसम्म १० किलोमिटरको उक्त खण्डको दुई खण्डको ६ किलोमिटरमा कालोपत्रे र बाँकी ठाउँमा मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्ला...

निजी क्षेत्र उत्साहित भए मात्र वैदेशिक लगानी आउँछ, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँः अर्थमन्त्री  
निजी क्षेत्र उत्साहित भए मात्र वैदेशिक लगानी आउँछ, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँः अर्थमन्त्री  

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ बधाई तथा शुभकामना दिदै अर्थतन्त्रका विद्यमान समस्या एवं समाधानका उपायका विषयमा छलफल गरेको हो । सो अवसरमा पर...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।  बैंकले कृक्रिम बुद्धिमत्ता (ए...

यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले बढायो दिल्ली उडान, यस्तो छ नयाँ तालिका
यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले बढायो दिल्ली उडान, यस्तो छ नयाँ तालिका

काठमाडौं : नेपाल वायुसेवा निगम ले काठमाडौं-दिल्ली-काठमाडौं हवाई सेवामा विस्तार गरेको छ। यात्रुको बढ्दो चाप र अन्तर्राष्ट्रिय यात्राको मागलाई ध्यानमा राख्दै निगमले अब यस रुटमा साप्ताहिक उडान संख्या बढाएर १० पुर्याएको हो। यसअघि निगमले काठमाडौं-दिल्ली-काठमाडौं रुटमा दैनिक एउटा मात्र उडान सञ्चाल...

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड, बजेट विनियोजनको आश्वासन
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड, बजेट विनियोजनको आश्वासन

काठमाडौं : पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर गरिएको छ ।  पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदह...

दुई विकास बैंकसहित छ कम्पनीको सवा दुई करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
दुई विकास बैंकसहित छ कम्पनीको सवा दुई करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकसहित छ कम्पनीको सवा दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र समता घरेलु लघुवित्तको दुई करोड १८ लाख ६२...

महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिने छैन: शोभा पाठक
महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिने छैन: शोभा पाठक

काठमाडौं : शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् । सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दा...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाडौं : नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उ...

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार
दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१. ०२ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ ।...

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण
चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण

एजेन्सी : चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ ।  रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय) प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।

सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी: अध्यक्ष ढकाल
सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले हालैको मन्त्रिपरिषद् बैठकले ‘प्राइभेट सेक...

निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन: अध्यक्ष सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन: अध्यक्ष सिंह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या...

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता, सरकारले मधेसलाई प्राथमिकता दिने
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता, सरकारले मधेसलाई प्राथमिकता दिने

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए । देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स...

मुग्लिन-नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
मुग्लिन-नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने

काठमाडौं : मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानक...

सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ । पछिल्लो जनादेशअनुसार समग्र विक...

पुँजी बजार सुधारका लागि ढकालको ५ बुँदे एजेन्डा: धितोपत्र ऐन संशोधनदेखि इन्ट्रा-डे ट्रेडिङसम्म
पुँजी बजार सुधारका लागि ढकालको ५ बुँदे एजेन्डा: धितोपत्र ऐन संशोधनदेखि इन्ट्रा-डे ट्रेडिङसम्म

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा चैत २९ र ३० गते हुँदैछ। साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्दैछ। निर्वाचनलाई लक्षित गर्दै वस्तुगत तर्फ उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा रहेको समूहले सोमबार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ। महासंघको नयाँ...

सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ६७ सयले बढ्यो 
सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ६७ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला छ हजार ७०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेको हो।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख...

ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज (मंगलबार)देखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले प्लास्टिकजन्य सामग्...

वर्षौँदेखि अवैध रूपले सञ्चालित सर्लाहीको एक क्रसर उद्योग बन्द
वर्षौँदेखि अवैध रूपले सञ्चालित सर्लाहीको एक क्रसर उद्योग बन्द

सर्लाही : सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले हिँजो (सोमबार) दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो ।...

रौतहटमा एसइईको अन्तिम तयारीः १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
रौतहटमा एसइईको अन्तिम तयारीः १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहट : यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ का लागि रौतहट जिल्लामा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल १० हजार ८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन् । यस पटकको परीक्ष...