रामेछाप : असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ। बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी...
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्यु...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३२ कम...
काठमाडौं : चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन्। उनले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा सहिद...
विराटनगर : कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा...
काठमाडौं : स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २१ गते मात्र ९० अर्ब तानेको बैकले पुनः ११ दि...
दोलखा : लगातारको वर्षाका कारण दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ । तीन दिनदेखि परेको अविरल वर्षापछि झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन् । उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्...
काठमाडौं : नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्राल...
काठमाडौं : रूसले सोमबार युक्रेनविरुद्धका सबै मोर्चामा सैन्य अग्रगमन गरेको दाबी गरेको छ, जबकि युक्रेनले रूसको नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रयास गरेको बताइएको छ । रूसी रक्षा मन्त्रालयका अनुसार सोमबार डोनेट्स्क र जापोरिजिया क्षेत्रमा एउटा–एउटा बस्तीमाथि नियन्त्रण कायम गर...
काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत भदौंको महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.१२ प्रतिशत बिन्दुले घटेको छ । गत भदौमा ५.९५ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ५.८२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर...
रामेछाप : असोज १७, १८ र १९ गतेको अविरल वर्षाले आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य बाढीले राजमार्गका विभिन्न भाग क्षतिग्रस्त बनाएको थियो। अब स्थानीय तह र सडक डिभिजन कार्यालयहरूको समन्वयमा प...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २१ गते मंगलबार प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर तोलामा दुई लाख ३५ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६०० रु...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ७ वर्षे अवधिको विकास ऋणपत्र–२०८९ ग जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बै...
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपै...
काठमाडौं : हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अ...
काठमाडौं : असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्...
काठमाडौं : रामेछाप-काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् । केही दिनयता रामेछाप-लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप-काठमाडौं...
काठमाडौं : विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि...
बाजुरा : बाजुरामा सोमबार राती देखि लगातार वर्षा भईरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ । सोमबार रातिदेखि लगातार वर्षा भईरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भु–भागमा हिमपात समेत भएको छ। बाजुराका ९ वटै स्थानीय तह...
काठमाडौं : सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा १८.३ प्रतिशत पर्यटक कम भएको देखिएको हो । सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्यांक अनुसार भारत...
काठमाडौं : दशैँको बिदापछि खुलेको पहिलो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द भएको हो । गत असोज १२ गते बिहिबार नेप्से ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १...
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले ठूला सेयर सदस्य, बचतकर्ता सदस्य र ऋणी सदस्यको विवरण राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पठाउनु पर्ने भएको छ । सहकारीहरुले ठूला १०० सेयर सदस्यको विवरण, ठूला ११ बचतकर्ता सदस्यको विवरण र ठूला १०० ऋणी सदस्यको विवरण अनिवार्य रुपमा प्राधिकरण पठाउनु पर...
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरण अनुसार ५२ जनाको निधन भएको जानकारी दिएका छन् । मंगलबार अविरल वर्षाबाट भएको विपद्का घटना एवम् खोज, उद्धार तथा राहत सम्बन्धी पत्रकार सम्मेलनमा उनले हालसम्म पह...