काठमाडौं : गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे ।...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने भनेर आवाह्न गरेलगतै आर्थिक सहयोग संकलन हुन थालेको छ । त्यसका लागि रोल्पाका तेज विक्रम ओलीले एक सय रुपैंयाँ दिएर अभियान सुरु गरेका हुन् । जेन...
काठमाडौं : पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई । नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बने...
काठमाडौं : सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी ग...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरे...
काठमाडौं : सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् । आज (बिहीबार) संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन् । आन्दोल पछि उनी आज नै सार्वजनिक पनि भएका हुन् । अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायत अन्य सांसदहरु...
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । बिहीबार भएको फोनवार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनस्र्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए । वर्ता पश...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र एक खर्ब आठ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र हकप्रद (राइट) शेयर निष्काशनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आईपीओ र ७ राइट शेयर...
काठमाडौं : गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सयौं नीजि तथा सार्वजनिक गाडीहरु जलाइएका छन् । तर पूर्ण रुपमा जलेका अधिकांश गाडीहरुको नम्बर प्लेट भने जस्ताको त्यस्तै देखिएका छन् । नम्बर प्लेटमा राखिएका अंकहरु पनि मेटिएका छैनन् । यातायात व्यवस्था विभागका निर्दे...
काठमाडौं : गत भदौं २३ गतेदेखि शुरु भएको जेन–जी आन्दोलनमा भएको क्षतिबाट साढे २० अर्ब रुपैयाँ भन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । आन्दोलनका क्रममा भएको निजी संरचनाको तोडफोड र आगजनीपछिको क्षतिले निर्जीवन बीमा कम्पनीहरु ठूलो संकटमा पर्ने देखिन्छ । नेपाल बीमा प्राधिकरणले सार्वज...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसार...
काठमाडौं : नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो । जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौंसम्ममा चालुतर्फ ९.६७, पुँजीगततर्फ १.५६ र वित्तीय व्यवस्थापनतर्फ १५.८९ प्रतिशत बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब...
काठमाडौं : अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ अर्थात ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन एशिया प्रशान्त क्षेत्रको(आईटियुसिएपि)ले नेपालमा पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण लोकतन्त्र, न्याय र कामदारको अधिकारमा कमी हुन नदिन आग्रह गरेको छ । आइटियुसी एसिया प्यासिफिक सिंगापुर क...
काठमाडौं : नेप्से परिसूचक दोस्रो पटक नकारात्मक सर्किट लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ। प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से परिसूचक नियमित कारोबार खुलेको २ मिनेटमा नै ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो । त्यसपछि ११ बजेर २२ मिनेटको खुलेको बजार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्...
काठमाडौं : जेन–जी आन्दोलन पछि खुलेको पहिलो कारोबार नेप्से परिसूचक नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ। प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से परिसूचक नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो। यस अवधिसम्ममा १५ कर...
काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । यसका लागि बैंकले भदौ ९ गते एक...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौं सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौं १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने ८ करोड...
काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०...
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि...
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४....
रामेछाप : जिल्लाको सदरमुकाम मन्थली नगरपालिका-१, सानीमदौमा निर्माण सम्पन्न भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र अवस्थामा छाडिएको छ । वाग्मती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिका ३० प्रतिशत लागत साझेदारीमा बनेको उक्त चिस्यान केन्द्र काठमाडौंस्थित इजि इन्फा प्रालिले न...