वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चार करोड सकियो, चौधवर्षमा पनि बनेन लम्सुवाघाटकाे पक्की पुल
चार करोड सकियो, चौधवर्षमा पनि बनेन लम्सुवाघाटकाे पक्की पुल

भोजपुर : उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिव चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो । लम्सुवाघाटमा वि स  २०६७ सालबाट पुल निर्माण थालिएको थियो । छ  पिलरको बेस राखेपछि यहाँक...

सरकारले विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै 
सरकारले विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८७ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...

महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना छ: मन्त्री अधिकारी
महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना छ: मन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपन्छ विकास मन्त्री रामनाथ अधिकारीले महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोे बताएका छन् ।  बुधबार महाङ्काल गाउँपालिका वडा नं ५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गर्दै उनले महाङ्काल गाउँपालिकामा कृषिको सभवनालाई मध्यनजर राखेर मन्त्रालयले काम गर्ने बताएका...

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो
मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ । विसं २०६४ देखि सुरु भएको आयोजनाको ब...

पेट्रोलपम्प, डेरीसहितका उद्योगबाट रोजगारी सिर्जना गर्दै ‘सहकारी’
पेट्रोलपम्प, डेरीसहितका उद्योगबाट रोजगारी सिर्जना गर्दै ‘सहकारी’

तुलसीपुर : तुलसीपुरस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ । चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो ।  संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई...

लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा
लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा

चितवन : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित भएक छन् । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएका हुन् ।  लामिछाने अदालतमा उपस्थित भएसँगै उनको मुद्दा गोलाप्रथाबाट न्यायाधीश दयाराम ढकालको इजलासमा प...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ २० गते मात्र ४० अर्ब तानेको बैकले पुनः २० लाग...

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

वीरगञ्ज : वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात  बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको  पाँच करोड ६० लाख ६६ हजार...

प्रतितोला दुई हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला दुई हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा...

१०४ प्रतिशतले बढ्यो सीवाईसी नेपाल लघुवित्तको नाफा,  यस्ता छन् प्रमुख सूचक
१०४ प्रतिशतले बढ्यो सीवाईसी नेपाल लघुवित्तको नाफा, यस्ता छन् प्रमुख सूचक

काठमाडौं : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  यसअवधिमा कम्पनीको खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १० लाख ९७ हजार र...

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले भोली (माघ २४) गते बुकक्लोज गर्दैछ। आज (बुधबार)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता ज...

अब विदेशबाटै श्रम स्वीकृति
अब विदेशबाटै श्रम स्वीकृति

काठमाडौं : विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।  गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट&...

अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२...

दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प
दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रह...

‘सरकारको उपेक्षाले गलैँचा उद्योग संकटमा पर्यो, लागतभन्दा कम मूल्यमा बेच्न बाध्य छौँ’
‘सरकारको उपेक्षाले गलैँचा उद्योग संकटमा पर्यो, लागतभन्दा कम मूल्यमा बेच्न बाध्य छौँ’

नेपालबाट निर्यात हुने वस्तुहरुमा सबैभन्दा बढी विदेशी आर्जन गर्ने वस्तुमा गलैँचा पर्दछ । भलै यसको निर्यात पहिलेको तुलनामा निकै घटेको छ । निर्यात घटेता पनि नेपालबाट निर्यात हुने वस्तुमा पहिलो नम्बरमा गलैँचा नै आउने गर्छ । यो उद्योगले विशेष गरी ग्रामिण वर्गमा महिला र अल्पसंख्यकहरुलाई बढी रोजगारी दिएको...

‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति
‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति

काठमाडौं : सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको...

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको सहकार्य
विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको सहकार्य

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सो संग सम्वन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस...

आधुनिक, प्रभावकारी एवम् विश्वसनिय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड
आधुनिक, प्रभावकारी एवम् विश्वसनिय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्...

कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण,  लगानीको वातावरण नबिगार्न अनुरोध
कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, लगानीको वातावरण नबिगार्न अनुरोध

काठमाडौं : निजी क्षेत्रका तीन संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर...

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र
नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौं : नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्...

सार्वजनिक सस्थानः बोझिलो संगठन संरचना, लगानीमा निष्क्रियता
सार्वजनिक सस्थानः बोझिलो संगठन संरचना, लगानीमा निष्क्रियता

नागरिकलाई उचित मूल्यमा आधारभूत वस्तु तथा सेवा प्रदान गर्ने उद्देश्यले सरकारद्वारा नियन्त्रित, सञ्चालित र व्यवस्थापन गरिएको व्यावसायिक प्रकृतिको संगठन नै सार्वजनिक संस्थान हो । सार्वजनिक संस्थानमा सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको हुन्छ । निजी क्षेत्रले लगानी गर्न नसक्ने क्षेत्रमा रणनीतिक रूप...

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिँदै कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिँदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम्पन...

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

कमलकुमार बस्नेत काठमाडौं : टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद्...

पाठेघरको मुखको क्यान्सरविरुद्धको नि:शुल्क खोप अभियान शुभारम्भ
पाठेघरको मुखको क्यान्सरविरुद्धको नि:शुल्क खोप अभियान शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज(मंगलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री...