वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न नेपाल वेयर हाउजिङ्गले डाक्यो साधारणसभा
हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न नेपाल वेयर हाउजिङ्गले डाक्यो साधारणसभा

काठमाडौं : नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते साधारणसभा बोलाएको छ ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सो दिन विशेष साधारण सभा बोलाएको हो ।  उक्त अमृतभोग क्याटरर, प्रालि, कालिकास्थान, काठमाडौँमा दिउँसो ३ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १...

राजधानीको सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ शुरु
राजधानीको सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ शुरु

काठमाडौं : “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ शुरु भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय...

राष्ट्रपति भवनमा घटस्थापना
राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले  बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर...

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन
सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जमा सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। बुधबार कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनश पछिको शेयरमूल्य ५७८ दशलमव १० रु...

थाई एयर एसियाको उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छः पर्यटनमन्त्री पाण्डे
थाई एयर एसियाको उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छः पर्यटनमन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै यस कार्यले दुई देशबीचको घनिष्ट सम्बन्धलाई थप बलियो बनाउन सघाउ पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो । थाई एयर...

‘प्रक्रिया पूरा गरेर आएमा निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिँदैन’
‘प्रक्रिया पूरा गरेर आएमा निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिँदैन’

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण सम्पन्न भइसकेका र प्रक्रिया पूरा गरेर भुक्तानी माग भई आएका आयोजनाको रकम नरोकिएको बताएका छन् । आफूले सरकारबाट पाउनुपर्ने भुक्तानी माग गर्दै बुधबार ज्ञापनपत्र बुझाउन गएको नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ९०० रुपैयाँमा कार...

नेप्सेमा थपियो सूर्योदय वोमी लघुवित्तको साढे १२ लाख कित्ता बोनस 
नेप्सेमा थपियो सूर्योदय वोमी लघुवित्तको साढे १२ लाख कित्ता बोनस 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे १२ लाख कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.००६ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको छ । नेप्सेका अनुसार संस्थाको १२ लाख ८२ हजार १०८ दशमलव ५३ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीक...

राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रिसोर्टलाई २० हजार जरिवाना
राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रिसोर्टलाई २० हजार जरिवाना

मलेखु : पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपै...

नेपालको बिजुली बङ्गलादेश निर्यात, आज त्रिपक्षीय सम्झौता 
नेपालको बिजुली बङ्गलादेश निर्यात, आज त्रिपक्षीय सम्झौता 

काठमाडौं : लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस...

बडादसैँ सुरु, आज घटस्थापना
बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक श...

सीजीनेटले ल्यायो हातै खाली नरहने अफरहरूको बहार   
सीजीनेटले ल्यायो हातै खाली नरहने अफरहरूको बहार   

काठमाडौं : नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू लिएर आएको छ । यस अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवा सँगै ३ महिना सम...

भोली सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्र खुल्ने
भोली सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्र खुल्ने

काठमाडौं :  सरकारले बिहिबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ । भोलि घटस्थापना भएकाले सार्वजनिक बिदा हुने भएको हो । बिदामा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द हुने छन् । यसका साथै सार्वजनिक बिदा कारण भोलि शेयर बजार बन्द हुनेछ । पर्सी शुक्रबार परेको हुनाले शेयर कारोबार अब आ...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा स्थानान्तरित शाखाको समुद्घाटन 
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा स्थानान्तरित शाखाको समुद्घाटन 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रममाझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा समुद्घाटन सुसम्पन्न भएक...

पूर्वानूमान वर्षाको असरः टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति
पूर्वानूमान वर्षाको असरः टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौं : केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेक...

दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी
दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताएका छन् । उनले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरिएको जानकारी गराए । नेपाल...

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु
माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

काठमाडौं : सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्...

बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्यमन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक
बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्यमन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । न्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै क...

विपद व्यवस्थापनमा चेम्बरले सघाउने
विपद व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो । परिषदका सभापति तथा चेम्बरका बरिष्ठ उपाध्यक्ष दीपक...

स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! 
स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! 

गण्डकी : डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भ...

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा
बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

वीरगञ्ज ः अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै  भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् । मुलुकको कुल आयातमध्ये...

शेयर बजारमा तीव्र उतारचढाव, परिसूचक र कारोबार दुबै घट्यो 
शेयर बजारमा तीव्र उतारचढाव, परिसूचक र कारोबार दुबै घट्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८७ कम्पनीको श...

पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न प्रशासनलाई आग्रह
पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न प्रशासनलाई आग्रह

ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग सङ्कलनबारे निगरानी गर्न अनुरोध गरेको हो ।  समितिका अध्यक्ष रक्की थेबेले जिल्ला...