काठमाडौं : विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले दिएको बधाई ग्रहण गर्दै अध्यक्ष धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आगामी ५ वर्ष आयोगले...
काठमाडौं : नेपाल पर्यटन बोर्डले सियोलस्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जुमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । असार ११ गते (२५ जुन २०२४) मा दक्षिण कोरियाको ग्वाङ्जुमा बीटुबी बैठकसहित आयोजना गरे...
काठमाडौं : देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह...
काठमाडौं : एक महिनामा सरकारी खातामा साढे ५२ अर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा जेठमा उक्त रकम ५२ अर्ब ६० करोड रुपैयाँले बढेको हो । गत बैशाखमा सरकारी खातामा एक खर्ब ५ अर्ब ६० करोड रुपैयाँ नगद मौज्दात...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले नविकरण गर्नुपर्ने बीमालेखको मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पुरा गरेका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा...
काठमाडौं : ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (३ अर्ब ३४ करोड १० लाख रुपैयाँ) ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । यो ऋण लघु, साना तथा...
काठमाडौं : नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाडौं च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो । पूर्व बैंकर, प्रेरक वक्ता तथ...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५.६० अंकले बढेर २०६६.१६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीक...
महेन्द्रनगर : सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप÷कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर रु ७४ लाख राजस्व सङ्कलन भएको छ । ...
काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् । बुधबार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार...
लमजुङ : जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङक...
डुम्रे : बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो । जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव न...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालम...
काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नास्टकोतर्फबाट उकुलपति प्रा.डा दिलीप सुब्बा र प्राधिकरणको तर्फबाट विकास आयुक्त जानुका ढकालले हस्ताक्षर गरेका थिए । ५ वर्षको...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रम...
भजनी : कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध...
काठमाडौं : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छिन् । ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधि मण्ड...
गण्डकी : पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूच...
काठमाडौं : काठमाडौँ महानगरपालिका अन्तर्गतको सहकारी विभागले स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गर्ने भएको छ । महागरले एक सूचना जारी गर्दै संस्था खारेज गर्न लागिएको जानकारी दिएको हो । सहकारी ऐन, २०७४ अनुसार लगातार दुई वर्षसम्म कुनै कारोबार...
Kathmandu : President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Chandra Prasad Dhakal, has emphasized the immense investment potential in Nepal, urging the OPEC Fund for International Development (the OPEC Fund) to expand its investments in the country. During a mee...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ र तेज...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले करिब ६ महिनापछि हकप्रद शेयर निष्कासनको बाटो खुला गरेको छ । कम्पनीले असार ७ गते शुक्रबार हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले १ बराबर १ को अनुपातमा ९९ लाख १ कित्ता हकप्रद ज...
काठमाडौं : नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले मंगलबार नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष...
काठमाडौं : देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा...