वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।  यो का...

शारदा नगरपालिकाका तत्कालीन वडा अध्यक्ष थापा विरुद्ध भ्रष्टाचार मुद्दा 
शारदा नगरपालिकाका तत्कालीन वडा अध्यक्ष थापा विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापा विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । तत्कालीन वडा अध्यक्ष थापाले मृत्यु भैसकेको मानिसको नाममा बृद्धभत्ता वितरण गरेको आरोपमा मुद्दा दायर गरेको हो  तत्कालीन व...

जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन
जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ । पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले ज...

हकप्रद जारी गर्ने अनुमति माग्दै प्रभु महालक्ष्मी लाइफले दियो बोर्डमा निवेदन 
हकप्रद जारी गर्ने अनुमति माग्दै प्रभु महालक्ष्मी लाइफले दियो बोर्डमा निवेदन 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ कति दरमा हकप्रद शेयर निष्कासनको अनमति माग्दै गत फागुन २२ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीले चुक्तापुँजी ४ अर्ब २९ करोड ६०...

वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 
वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि माघसम्म  बैंकले ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन्। राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले मा...

प्रधानमन्त्री प्रचण्डले पाए संसदबाट तेस्रो पटक विश्वासको मत 
प्रधानमन्त्री प्रचण्डले पाए संसदबाट तेस्रो पटक विश्वासको मत 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । बैठकमा दुई सय ६८ सा...

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्को : द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल–७६...

बाढी नियन्त्रण तथा सिँचाइका लागि एडीबीले दियाे बङ्गलादेशलाई सात करोड 
बाढी नियन्त्रण तथा सिँचाइका लागि एडीबीले दियाे बङ्गलादेशलाई सात करोड 

एजेन्सी : एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।  गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बना...

शेयर बजारमा झिनो अंकको करेक्सन, अप्पर तामाकोशीको शेयरमूल्यमा नेगेटिभ सर्किट 
शेयर बजारमा झिनो अंकको करेक्सन, अप्पर तामाकोशीको शेयरमूल्यमा नेगेटिभ सर्किट 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३३ कम्पनीको...

चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या: बालेन 
चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या: बालेन 

काठमाडौं : चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो चरणमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका छन् । विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै उनले, चक्रपथ अव्यव...

पर्यटकको पर्खाइमा मुस्ताङको लुकबुङ गुफा 
पर्यटकको पर्खाइमा मुस्ताङको लुकबुङ गुफा 

म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गु...

चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, प्रधानमन्त्रीको समर्थनमा हाम्रो चाल यही नै हो:  स्वर्णिम वाग्ले 
चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, प्रधानमन्त्रीको समर्थनमा हाम्रो चाल यही नै हो: स्वर्णिम वाग्ले 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जोखिम मोलेरै साथ दिएको बताएका छन् । बुधवार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ब्याज खाएर,&n...

महामन्त्री शर्माको प्रश्नः डेढ वर्षमा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने कस्तो विश्वास हो ?
महामन्त्री शर्माको प्रश्नः डेढ वर्षमा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने कस्तो विश्वास हो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेक...

करिब दुई लाख लगानीमा महिला समूहले खोले दुनाटपरी उद्योग
करिब दुई लाख लगानीमा महिला समूहले खोले दुनाटपरी उद्योग

गलकोट : बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ । साल तथा कटुसको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न था...

स्याङ्जामा एकै परिवारले बेचे ३५ लाखको सुन्तला 
स्याङ्जामा एकै परिवारले बेचे ३५ लाखको सुन्तला 

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए । उनले करिब ए...

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट
जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

टोकियो : जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।  टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो स...

पदको लोभले गठबन्धन भएको होइन, मलाई प्रधानमन्त्री हुने लालसा छैन: अध्यक्ष ओली
पदको लोभले गठबन्धन भएको होइन, मलाई प्रधानमन्त्री हुने लालसा छैन: अध्यक्ष ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले नेप...

अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको छ: प्रधानमन्त्री दाहाल
अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको छ: प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा &nbs...

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस
विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरको छन् । प्रतिनिधिसभाको आजको बैठकलाई...

ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने
ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने

काठमाडौं  ः देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हु...

ग्रील तथा स्टील व्यवसायी महासंघको महिला उप–समितिमा नयाँ कार्यसमिति चयन
ग्रील तथा स्टील व्यवसायी महासंघको महिला उप–समितिमा नयाँ कार्यसमिति चयन

काठमाडौं : ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिले विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ अन्तरगत रहेको महिला उप–समितिको सोमबार राजधानीमा सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनबाट विष्णुमाया उचहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ...

अमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी, उदयपुरका राउत पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी, उदयपुरका राउत पक्राउ

काठमाडौं : नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतल...

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र त...

प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको छ: राष्ट्रपति पौडेल
प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको छ: राष्ट्रपति पौडेल

पाटन : राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी...