वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जापानको व्यापार घाटा ६३ अर्ब डलर
जापानको व्यापार घाटा ६३ अर्ब डलर

टोकियो : जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००।८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रे...

फागुन १८ गते नारायणी किनारमा भरतपुर भ्रमण बर्षको उद्घाटन हुने
फागुन १८ गते नारायणी किनारमा भरतपुर भ्रमण बर्षको उद्घाटन हुने

चितवन : भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उ...

दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्...

अठार महिनामा सकिनुपर्ने चुकेनी विद्युत् आयोजना चार वर्षमा पनि भएन सम्पन्न
अठार महिनामा सकिनुपर्ने चुकेनी विद्युत् आयोजना चार वर्षमा पनि भएन सम्पन्न

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।  चुकेनी जलविद्युत् आय...

खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, छ महिनामा कमायो ७७ लाख बढी 
खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, छ महिनामा कमायो ७७ लाख बढी 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३०२८.७६ प्रतिशतले बढी हो । जब...

सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदी बढ्यो 
सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबार कै मूल्यमा कारोबार भएको हो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँ र तेजावी सु...

स्वाभिमान लघुवित्तले पनि लाभांश नदिने 
स्वाभिमान लघुवित्तले पनि लाभांश नदिने 

काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र...

बुक बिल्डिङ्गमार्फत रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि बिक्रीमा 
बुक बिल्डिङ्गमार्फत रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले (माघ १० गते) आजदेखि आईपीओ बिक्री खुला गरेको छ  । कम्पनीले बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थापक लगानीकर्ताहरुका लागि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम रहेको जारी पूँजी एक अर्ब ९० करोड रुपैयाँको १०।१४ प्रतिशतले हुन आउने १...

निफ्राको ‘लक इन पिरियड’ फागुन २३ गते सकिने, १२ करोड ९६ कित्ता बढी शेयर थपिदै 
निफ्राको ‘लक इन पिरियड’ फागुन २३ गते सकिने, १२ करोड ९६ कित्ता बढी शेयर थपिदै 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २३ गतेबाट खुला हुने भएको  छ। कम्पनीले संस्थापक शेयरधनीलाई निष्कासन गरेको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।  बैंकको संस्थापक शेयरधनीको १२ करोड ९६ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो । लकइ...

वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने तयारी
वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने तयारी

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बडाइएको जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रि...

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दो
व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दो

काठमाडौं : व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबा...

श्रीलङ्काको केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने
श्रीलङ्काको केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने

कोलम्बो : श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेको जनाएको छ ...

विकास निर्माणका काममा थुप्रै बेथिति छन्, आगामी वर्षकाे बजेट कनिका छरेजस्तो हुँदैनः प्रधानमन्त्री 
विकास निर्माणका काममा थुप्रै बेथिति छन्, आगामी वर्षकाे बजेट कनिका छरेजस्तो हुँदैनः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

अधिक तरलता थुप्रिएपछि बजारबाट थप २० अर्ब तान्दै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट थप २० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंगलबा (माघ ९ गते)  मात्र ३० अर्ब तानेको बैकले पुनः...

बूढीगण्डकी बहुआयमिक आयोजना हो, काम छिटो अगाडि बढाऔँः प्रधानमन्त्री
बूढीगण्डकी बहुआयमिक आयोजना हो, काम छिटो अगाडि बढाऔँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन जोड दिएका छन् । आयोजनालाई अगाडि बढाउनेसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधान...

कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात
कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात

भेरीगङ्गा : कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु ११ करोडको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको हो । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि पुस मसा...

झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पनीको श...

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई...

एमालेद्वारा मध्यपहाडी क्षेत्रका सात सय ५१ योजना र माग सरकारसमक्ष प्रस्तुत
एमालेद्वारा मध्यपहाडी क्षेत्रका सात सय ५१ योजना र माग सरकारसमक्ष प्रस्तुत

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् । गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदू...

‘युवा पलायन रोक्न कृषि र पर्यटनमा लगानी बढाउनुको विकल्प छैन’
‘युवा पलायन रोक्न कृषि र पर्यटनमा लगानी बढाउनुको विकल्प छैन’

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ । पहिलोपटक संघीय सांसद बनेकी उनले भनिन्, “सदनमा प्रवेश गर्नुअघि एकखालको हुटहुटी थियो । तर सदनमा एक वर्ष बढी बित्यो, त्यहाँको अनुभ...

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा ३० प्रतिशतले घटे पर्यटक
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा ३० प्रतिशतले घटे पर्यटक

सल्लेरी : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएक...

ठेक्का तोडिएपछि चीनसँग जोडिने ‘गल्छी–रसुवागढी’ सडक विस्तार थप अन्योल 
ठेक्का तोडिएपछि चीनसँग जोडिने ‘गल्छी–रसुवागढी’ सडक विस्तार थप अन्योल 

त्रिशूली : नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी–रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ । उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि सडक निर्माण...

बैंकिङ प्रणालीबाट आज थप ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट आज थप ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बुधबार (माघ ३ गते) मात्र ३५ अर्ब तानेको बैकले पुनः...

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने 
आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक...