काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा नियुक्त भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहेका शर्मालाई सरकारले वैशाख १५ गते नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष शर्माले बुधवार प्राधिकरणको जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन् ।...