सहकारी क्षेत्रमा किसान साकोसको नौलो र पहिलो प्रयोग: मोबाइल एपबाट सदस्यको व्यवसाय प्रवर्द्धन
नवलपरासी : गैंडाकोट-८, विजयनगरमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइल एपबाट व्यवसाय प्रवर्द्धन सेवा उपलब्ध गराउने भएको छ ।
सदस्यहरुको सहजता र समयको माग सम्बोधन गर्दै मोबाइल एपमार्फत आफ्ना सदस्यहरूको उत्पादन, सीप र सपना बजारमा पुर्याउने बाटो...