सहकारीको ऋण समयमै चुक्ता गर्न बागमती प्रदेश सरकारको उर्दी, नतिरे कारबाही गर्ने चेतावनी
काठमाडौं : सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न बागमती प्रदेश सरकारले उर्दी जारी गरेको छ ।
आज (बुधबार) बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सहकारी संस्थाबाट ऋण लिई समयमानै नतिर्ने, नतिर्ने मनसाय राखी पटक पटक किस्ता पछाडि सार्ने, सहकारी संस...