काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो ।
बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजद...