काठमाडौं : एकीकरणपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजनाहरु सञ्चालनमा ल्याउने भएको छ । दुबै संस्था बीच चालु आर्थिक बर्ष भित्रै एकीकरण सम्पन्न गर्दैछन् ।
कम्पनीले साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको हो । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबारपछि प्रचलनमा ल्याउन ती योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याइने कम्पनीले जनाएको छ।
सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु प्रचलनमा रहेन दुबै संस्थाका प्रमुख कार्यकारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Advertisment