काठमाडौं : साताको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ ।
आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
१२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ भने चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ८ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
Advertisment