काठमाडौं : महिना दिनमै १५ अर्बले नगद सर्कुलेसन घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा नगद सर्कुलेसन ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँ भएको छ । जबकी बैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ थियो ।
त्यस्तै चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेको नगद सर्कुलेसन थियो । गत वर्षको जेठ मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नगद सर्कुलेसन थियो ।
Advertisment