गैंडाकोट (नवलपरासी) : किसान बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जिवलाल तिवारी नियुक्त भएका छन्। भाद्र ७ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गरेको हो ।
साढे २ वर्ष अघि वरिष्ठ अधिकृतमा किसान साकोस प्रवेश गरेका तिवारी यस अघि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलको असामयिक निधनपछि तिवारीलाई निमित्त सीईओको जिम्मेवारी दिईएको थियो । संस्थाले ९ महिना अघि कायम मुकायम सीईओको जिम्मेवारी तिवारीलाई दिईएको थियो ।
तिवारीसँग सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । देवचुली नगरपालिका स्थित परोपकार साकोस (हाल मध्य नेपाल साकोस) मा १४ वर्ष प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरेको अनुभव छ।
Advertisment