Below Menu
Below Menu

पञ्चशील बहुउद्देश्यीय सहकारीकाे २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

पञ्चशील बहुउद्देश्यीय सहकारीकाे २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

काठमाडौं : ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेकाे पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न गरेको छ । 

साधारण सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
सभामा प्रतिवेदन गर्दै अध्यक्ष बज्राचार्यले आव०७९/०८० मा शेयर पूँजीतर्फ १७ करोड ३० लाख ३५ हजार ९ सय कायम हुन गएको बताए । यस्तै साे अवधिमा संस्थाले १ अर्ब ८२ करोड ४ लाख २९ हजार ६ सय ७३ रुपैयाँ ९७ पैसा बचत संकलन गरेकाे बताए ।

संस्थाको जगेडा कोष तथा अन्य कोषमा २८ करोड ९६ लाख ७ हजार ९ सय ४० रुपैयाँ ३९ पैसा रहेकाे छ। संस्थाको कूल कारोबार २ अर्ब ८५ करोड ४८ लाख ७ हजार ५ सय ८८ रुपैयाँ ३३ पैसा रहेको छ । संस्थाले गत आव ०७९/०८० मा आयकर र बाेनस अघिको नाफा ५ करोड ६१ लाख ३१ हजार ८ सय ४० रुपैयाँ ९७ पैसा आर्जन गरेको छ। संस्थाले २ करोड १६ लाख ८० हजार ५ सय ६२ रुपैयाँ आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेकाे छ।

साधारण सभाले विभिन्न प्रतिवेदन उपर छलफल गरी पारित गरेकाे छ । साधारण सभाले शेयर सदस्यलाई १८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने सञ्चालक समितिकाे प्रस्तावलाई पारित गरेकाे छ।

हाल वित्तीय क्षेत्रमा देखिएको आर्थिक संक्रमणकालिन अवस्थामा समेत संस्थाले आफ्ना सदस्यहरुलाई उत्कृष्ठ सेवा दिँदै सदस्यहरुको जीवनस्तर उकास्नको लागि वित्तीय सेवा लगायत विविध सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी दिए ।

संस्थाको कुल कारोवार र यसले गरेका आर्थिक गतिविधिको बारेमा प्रमुख खतिवडाले सभामा जानकारी गराएका थिए।
संस्थाले वित्तीय काराेबारसँगै संस्थाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम नियमित रुपमा गर्दै आएकाे छ ।संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सीपमुलक तालिम दिने, अन्तरक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

संस्थाले आफ्नै संस्थागत भवनबाट शुल्करहित एटीएम सुविधा दिनुका साथै स्मार्ट बैंकिङ, क्यू आर सुविधा लगायतका विभिन्न किसिमका सदस्य केन्द्रित सुविधाहरु उपलब्ध गराउँदै आएकाे छ।

Advertisment

थप समाचार