कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्थाले आफ्नो आधिकारिक वेबसाइट मार्फतसंस्थामा संचालनमा रहेको विभिन्न डिजिटल बैकिङ्ग सुबिधा तथा अन्य सुबिधा समावेश गरि तयार गरिएको नयाँ बर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
संस्थाले विभिन्न मिति, तिथि, चाडपर्व, दिवस लगायतका बिषयहरुमा सदस्यहरुलाई जानकारी दिँदै सदस्यहरुमा डिजिटल बैकिङ्ग प्रबिधिको पहुँच बढाउने उद्देश्यले क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त उक्त क्यालेन्डरमा समितिले निर्णय गरेका विभिन्न तिथिहरु समाबेश गरिएको छ, सदस्यहरुले क्यालेन्डरको डिजिटल कपी संस्थाको आधिकारिक वेबसाइट तथा डिजिटल क्यूआर स्क्यान गरी डाउनलोड गर्न सक्नेछन् ।
संस्थाले ४१ ओटा शाखा कार्यालय मार्फत ८१ हजार सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ । सदस्यको सहजतालाई मध्येनजर गर्दै संस्थाले किसान एटिएम, मोवाईल बैकिंग, मिस्कल बैकिंग, क्यूआर मर्चेञ्ट, किसान स्मार्ट टेलर, पिओएस टेलर लगाएत विभिन्न डिजिटल बैकिंग सेवा दिदै आएको छ ।
Advertisment