Below Menu
Below Menu

सहकारीको सम्पूर्ण समस्या समाधान तथा व्यवस्थापकीय परामर्शका लागि आईसीएस नेपाल

सहकारीको सम्पूर्ण समस्या समाधान तथा व्यवस्थापकीय परामर्शका लागि आईसीएस नेपाल

काठमाडौं : ‘सफलताका लागि सहकार्य’ भन्ने थिमका साथ स्थापित इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आईसिएस) नेपालले विषय विज्ञ, लगानीकर्ता तथा सेवाग्राहीहरु (सहकारी संघ/संस्थाका प्रतिनिधि) बीच छलफल सोमबार गरेको छ ।

आईसिएस नेपालका बारेमा जानकारी प्रदान गर्ने र आवश्यक सुझाव संकलन गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा करिब ५० जनाको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष प्रकाश प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईसीएसका विज्ञ सदस्यहरु नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशन नर बहादुर थापा, नेपाल सरकार पशु तथा कृषि सेवा विभागका पूर्व महानिर्देशक, ग्रामिण कृषि एवं उद्यमशिलता विकास तथा विज्ञ डा. सुर्दशन प्रसाद रेग्मी, वित्तीय साक्षरता विज्ञ बिनोद अधिकारी, जोखिम व्यवस्थाप तथा वित्तीय व्यवस्थापन विज्ञ सिएद्धय दिपक आचार्य तथा सुरेश खतिवडाको उपस्थिती थियो ।

साथै उद्यमशिलता, ग्रामिण योजना तथा संस्थागत विकास विज्ञ अमर थिङ, लेखा तथा लेखा परिक्षक विशेषज्ञ पुष्कल निरौला, शोधकर्ता एवं व्यवस्थापन विशेषज्ञ डा. प्रकाश श्रेष्ठ, सहकारी विज्ञ तथा पाठ्यक्रम विशेषज्ञ मनोज थापा मगर लगायतको उपस्थिती थियो । कार्यक्रममा सरोकार निकाय उद्योग वाणिज्य संघ, कृषि उद्यम केन्द्रका कृषि विज्ञ डिल्ली पौडेल, नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष काजी श्रेष्ठ लगायत आईसीएस नेपालले सेवा प्रदान गरिरहेका विभिन्न सहकारी संघ संस्थाका पदाधिकारी एवं व्यवस्थापकहरुको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष पोखरेलले आईसीएस नेपाल स्थापनाको उद्देश्य, हाल गर्दै आएको गतिविधि, आगामी रणनीतिका बारेमा जानकारी गराएका थिए । आईसीएस नेपालमा पेशागत दक्ष, अनुभवि व्यक्तित्वहरु एवं थिङ ट्याङ्कहरु जति पनि अटाउन सक्ने अध्यक्ष पोखरेलले बताए । उहाँहरुको विज्ञताको सहि परिचालन देशलाई चाहिएको र सहकारी, वैकिङ्ग क्षेत्रमा व्यवस्थापकीय दक्षता, सुशासन, नेतृत्व क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको, दक्ष जनशक्तिहरुको सहि व्यवस्थापन र विज्ञहरुको ज्ञान व्यवस्थापन गर्न पनि आवश्यक रहेको जानकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।

आईसिएस नेपालले सहकारी व्यवस्थापन प्रक्रियामा देखिएका समस्याहरु, संस्थाको सुद्धिढीकरण तथा शुद्धिकरण, स्तरीय संचालनका लागि बिज्ञ परामर्श र व्यवस्थापकिय सहजिकरण उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । आईसीएस नेपालले सहकारीहरूको वित्तीय व्यवस्थापन, बचत तथा ऋण व्यवस्थापन, व्यवसायीक योजना निर्माण, कर्मचारी व्यवस्थापन, सहकारीमार्फत स्वरोजगार श्रृजना आदी क्षेत्रमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

साथै सहकारी संस्थाहरूको व्यवसाय विकास, लेखा व्यवस्थापन, कर योजना, सुशासन कायम गर्न मासिक परामर्श सेवा समेत प्रदान गर्ने गर्दछ। यसका साथै संस्थाले सहकारी क्षेत्रका लागि उपयोगी पुस्तक प्रकाशन समेत गर्दै आएको उनले बताए । संस्थाले सहकारी क्षेत्रका साथै सरकारी तथा गैर सरकारी निकायहरूसँग सहकार्य गरी काम गर्दै आएको छ ।

कार्यक्रममा आईसीएस नेपाललाई सुझाव दिँदै नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशन नर बहादुर थापाले सहकारी क्षेत्रमा खोज तथा अनुसन्धान आवश्यक रहेको बताए । खोज तथा अनुसन्धान नहुँदा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने सहकारी क्षेत्र पछि परेको बताए । खोज तथा अनुसन्धानले नीति, नियम बनाउनु समेत सहयोग पुग्ने बताए । खोज तथा अनुसन्थानको काम गर्न आईसीएस नेपाललाई थापाले सुझाव दिए ।

त्यस्तै ग्रामिण कृषि एवं उद्यमशिलता विकास तथा विज्ञ डा. सुर्दशन प्रसाद रेग्मीले कृषिमा आधुनिकीकरण र व्यवसायीकण सहकारीमार्फत हुनुपर्ने बताए । जसका लागि आईसीएस नेपालले परामर्श तथा व्यवस्थापकीय सेवा उपलब्ध गराउनु पर्ने बताए । कृषि र बहुउद्देश्यीय सहकारीलाई व्यवसायिक मोडल निमार्ण गर्न समेत संस्थाले सहयोग गर्नुपर्ने बताए । जसले गर्दा सहकारी ऐनमा व्यवस्था भएको मुख्य कारोबार समेत कार्यान्वयनमा आउन सहयोग पुग्ने बताए ।

त्यसैगरी ग्रामिण योजना तथा संस्थागत विकास विज्ञ अमर थिङले सहकारीका सदस्यहरुलाई उद्यमशिलता विकासमा लैजान सकियो भने सहकारीमा कर्जा जोखिम समेत कम हुने बताए । 

कार्यक्रममा वित्तीय साक्षरता विज्ञ बिनोद अधिकारीले सबै सदस्यहरुमा वित्तीय साक्षरता पुर्याउन सकेको खण्डमा बचत, ऋण परिचान र खर्च तथा आम्दानीलाई सही सदुपयोगे गर्न सकिने बताए । जसले गर्दा सहकारी संस्थामा असल वित्तीय व्यवस्थापन हुने उनको भनाई थियो । उनले स्थानीय सरकारसँग मिलेर व्यवस्थापकी र परामर्श सेवा प्रदान गर्न सकिने समेत सुझाए ।

कार्यक्रममा सहभागीहरुले आईसीएस नेपालसँग सहकार्य गरेपश्चात् सहकारी सञ्चालनको पेशागत दक्षतामा अभिबृद्धि भएको, दस्तावेजीकरणमा सहजता भएको साथै व्यवसायिकता दक्षता एवं स्तरीय संचालनमा सहजता भएको र निरन्तर सहकार्य रहने बताएका थिए ।

संस्थाको परिचय, उद्देश्य र भावी कार्यक्रमकाबारे संस्थाका प्रबन्ध निर्देशक कृष्ण प्रसाद अचार्यले प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीका क्रममा अइसीएस नेपालले हालसम्म गरेका कार्यहरूको बारेमा जानकारी गराउँदै कार्यक्रममा सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो ।

कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृतसचिन भट्टराइले गरेका थिए ।

Advertisment

थप समाचार