Below Menu
Below Menu

‘सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ’

‘सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ’

काठमाडौं : वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनःसंरचना गर्नुपर्ने वक्ताहरुले सुझाएका छन् । सहकारी केन्द्रनेपालले आयोजना गरेको ‘सहकारी अभियान, सङ्कटका कारण र अबको बाटो’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुलेकानुनी तथा नीतिगत अस्पष्टताका कारण सहकारी सङ्कटग्रस्त भएको जिकिर गरेका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव लीलामणि पोख्रेलले कार्यपत्र प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई लयमा ल्याउनसंस्थागत पुनःसंरचनाको विकल्प नरहेको बताए । पार्टी सहकारी विभाग इन्चार्ज रहेका पोख्रेलले सहकारी ऐनलाई संशोधन गरी ४७भन्दा बढी ऐन बनाउन बाँकी रहेको उल्लेख गरे। उनले भने, “कानुन फितलो हुनुको परिणाम सहकारीमा खुलेआम लुट मच्चिएकोछ, अझ भनौँ कर्मचारीले घूस लिएर सेटिङमा यो क्षेत्र ध्वस्त पारेका छन् ।”


एमाले नेता तथा सहकारी विभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहमा रहेका सहकारीहरुमा मात्रै समस्याभन्दा पनि केन्द्रीय सङ्घहरुमै समस्या रहेको बताए । तलदेखि माथिसम्मतादाम्यता नमिल्नु पनि समस्याको मुख्य कारण भएको बताउँदै उनले भने, “हाम्रोमा नियम मिच्नेमा केन्द्रीय सहकारी सङ्घ नै अग्रभागमा छन्, त्यति मात्रै हैन सहकारीहरुले एकले अर्कालाई सहयोग हैन, खुट्टा कसरी तान्ने भन्ने प्रवृत्ति हाबी छ ।” गण्डकी प्रदेशपूर्वमुख्यमन्त्री रहेका अधिकारीले ऋण लिने अनि नतिर्नेहरुलाई कडाभन्दा कडा दण्ड सजायको व्यवस्था गर्नुपर्ने बताए।

Advertisment

थप समाचार