काठमाडौं : पोखरा महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमा ऋण चुक्ता गर्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै महानगरपालिका नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सेयर सदस्यहरुलाई समयमै ऋणको साँवा व्याज, किस्ता भुक्तानी गर्न भनेको हो ।
सहकारी संस्थाहरुबाट ऋण लिइ निर्धारित समय भित्रे सोको साँवा व्याज चुक्ता गर्न पटक पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेका कारण सहकारी संस्थाहरुमा सदस्यको बचत फिर्ता गर्न समस्या परेको महानगरको भनाई छ ।
ऋण असुलीमा सहजीकरण विभिन्न संघ संस्थाहरुबाट अनुरोध भएको भन्दै महानगरले सूचना जार गरेको हो । समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तिय अराजकताहरु देखिएको महानगरले जनाएको छ ।
कोहि कसैले आफुले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न पोखरा महानगरपालिकाबाट हदै सम्म कठोर कानुनी कारवाही गरिने महानगरले जनाएको छ ।
निर्देशन विपरित कार्य गरेमा संघिय सहकारी ऐन २०७४ को दफा ८३ र ८४ तथा पोखरा महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० वमोजिम जायजेथावाट असुलीका लागि प्रकृया अगाडि बढाइने र महानगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने समेत महानगरले जनाएको छ ।
Advertisment