Below Menu
Below Menu

मेगा ड्रिम सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ

मेगा ड्रिम सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् ।

काठमाडौँको माछापोखरीमा मुख्य कार्यालय रहेको उक्त सहकारीले बचताकर्ताको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीले जनाएको छ ।

यसका साथै प्रहरीले उक्त सहकारीका संचालकहरुविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको  छ । 

बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो । २०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो । 

उक्त सहकारीविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् ।

यता पाटन उच्च अदालतले मन्त्रालयले प्रहरीलाई अनुसन्धानको लागि लेखी पठाएको पत्र कानून सम्वत नभएको भन्दै उत्प्रेरणाको आदेशरले बदर गरिदिएको छ। जेठ १४ गते न्यायधिस जनक पाण्डे र बज्रेश प्याकुरेलको संयुक्त इजलासले बदर गरिदिएको थियो ।

 

Advertisment

थप समाचार