काठमाडौं : नेपाल राष्ट्र बैंकले साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । यी दुई संस्थाले मर्जरको लागि राष्ट्र बैंकबाट जेठ २९ गते अन्तिम स्वीकृति पाएका हुन् ।
मर्जर पछि साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने गरी राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो। मर्जरका लागि यी दुई कम्पनीबीच गत वैशाख १२ गते अन्तिम सम्झौता भएको थियो ।
दुबै संस्थाले एक बराबर एकको अनुपातमा मर्जरका लागि सम्झौता गरेका थिए । हाल साधना लघुवित्तको चुक्तापूँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ भने सबैको लघुवित्तको ३१ करोड ८६ लाख रूपैयाँ रहेको छ।
Advertisment