काठमाडौं : नेकपा (एमाले) को सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौड्याल मनोनित भएका छन् । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको ३३औं बैठकले विभागको सचिवमा पौड्याललाई मनोनयन गर्ने निर्णय गरेको हो । पौड्याल यस अघि विभागका सदस्य थिए ।
पौड्याल राष्ट्रिय सहकारी महासंघका सञ्चालक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का निवर्तमान अध्यक्ष हुन् ।
यस अघि विभागको सचिवमा कृष्णबहादुर (केबी) उप्रेती थिए । पार्टीले उप्रेतीलाई सचिवको जिम्मेवारीबाट हटाएपछि उक्त पद रिक्त थियो ।
Advertisment