Below Menu
Below Menu

सहकारीमा बलरामको दोस्रो इनिङस्

सहकारीमा बलरामको दोस्रो इनिङस्

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी पुनः नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषदमा सहकारी मन्त्रालयको जिम्मा बलराम अधिकारीले पुनः पाएका हुन् । यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा पनि अधिकारी सोही मन्त्रालयको जिम्मेवारीमा थिए । उनले २०८० फागुन २३ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पदभार सम्हालेका थिए ।

विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिएका मन्त्री अधिकारी शिक्षण पेसा हुँदै राजनीतिमा आएका हुन् । मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति सुरुवात गरेका थिए।

कपिलवस्तुको शिवराज नगरपालिका-९ सुन्दरीडाँडास्थित प्रकाश माविमा १० वर्ष शिक्षण पेशामा आवद्ध मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए । उनी २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

Advertisment

थप समाचार