Below Menu
Below Menu

प्रिमियम सीबीएसको भर्सन २.० सार्वजनिक

प्रिमियम सीबीएसको भर्सन २.० सार्वजनिक

काठमाडौं : वेब बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सिस्टम (Premium CBS)ले भर्सन २.० सार्वजनिक गरेको छ ।

नेपालका ५ सयभन्दा बढीलाई कोर बैंकिङ सिस्टम प्रदान गरिरहेको प्रिमियम टेक्नोलोजिज प्रा.ली.ले चालु आर्थिक वर्षको पहिलो दिन (साउन १) देखि ‘प्रिमियम भर्सन २.०’ सार्वजनिक गरेको हो । प्रिमियमको भर्सन २.० ईआरपी र माईक्रो मोडेलमा आधारित रहेको छ ।

कम्पनीले विगत ८ वर्षदेखि सहकारीहरुलाई सफ्टवेयर एज ए सर्भिस मोडलमा सेवा दिँदै आएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन बन अनुसार नयाँ भर्सन ईआरपी र माईक्रो सर्विस मोडेलमा आधारित छ। नयाँ भर्सन नविनतम् टेक्नोलोजीमा बनेको र सेक्युरिटीमा एकदम धेरै काम गरेको उनले बताए ।

‘कुनै पनि युजर लग इन गर्नलाई २ फ्याक्टर सेक्युरिटी आवश्यक पर्दछ । सहकारीको म्यानेजर तथा बोर्डलाई चाहिने म्यानेजमेन्ट रिपोर्ट पनि एकदमै सजिलो तरिकाले डेसबोर्ड मै देखिने गरि राखेका छौं’, प्रमुख बनले भने ।

नयाँ भर्सनमा लोन अटोमेसन सिस्टम, नेपाली र अंग्रेजी भाषा, लाईभ च्याट/सर्पोट, नयाँ युजर इन्टरफेस लगायतको सेवा रहेको उनले बताए ।

सूचना प्रविधिको बढ्दो विकास र विस्तारले सहकारीहरू पनि प्रविधिमैत्री हुनुपर्ने अवस्था सिर्जना भैसकेको र सोही अवस्थालाई मध्ये नजर गरेर नयाँ भर्सन ल्याएको प्रमुख बनको भनाई छ ।

Advertisment

थप समाचार