Below Menu
Below Menu

विश्व ऋण परिषदको सञ्चालकमा चन्द्रप्रसाद ढकाल पराजित

विश्व ऋण परिषदको सञ्चालकमा चन्द्रप्रसाद ढकाल पराजित

काठमाडौं : विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समिति सदस्य पदमा उम्मेदवारी दिएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल पराजित भएका छन् । 

अमेरिकाको बोस्टन शहरमा आयोजित ओकूको बार्षिक साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष ढकालले सञ्चालक सदस्य पदमा उम्मेदवारी दिएका थिए । ओकू बोर्डमा यो वर्ष ४ सञ्चालक पद रिक्त थियो । रिक्त पदमा पाँच जनाको उम्मेदवारी परेको थियो । 

निर्वाचनमा उम्मेदवारी दिएका ब्राजिलस्थित सिक्रेडी, आयरल्याण्डको केन्द्रीय बचत संघ आइएलसीयू, अफ्रिकी बचत संघ एकोस्का र क्यारेबियन बचत संघ सीसीसीयूका प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचनमा सफलता भन्दा पनि सुन्दर सिकाइ भएको नेफ्स्कूनका अध्यक्ष ढकालले बताए । सुन्दर अभ्यासमा नेफ्स्कून सहभागी भएकोमा ओकू सञ्चालक समितिका साथै अन्य सहभागीहरुले हाम्रो प्रशंसा गरेको समेत ढकालले बताए ।

Advertisment

थप समाचार