Below Menu
Below Menu

ज्ञानज्योति महिला उत्थान साकोसको आयोजनामा प्रोबेशन बागमती दोस्रो क्लष्टरको कार्यशाला

ज्ञानज्योति महिला उत्थान साकोसको आयोजनामा प्रोबेशन बागमती दोस्रो क्लष्टरको कार्यशाला

काठमाडौं : प्रोबेशन बागमती दोस्रो क्लस्टरको २६औं कार्यशाला सम्पन्न भएको छ । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुबीच सिकाई आदानप्रदान, कार्यकुशलता तथा सिकाई व्यवस्थापनका लागि कार्यशाला गर्ने गरिन्छ ।

ज्ञानज्योति महिला उत्थान साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा श्रावण २० गते सञ्चालित कार्यशालामा यस क्लस्टरमा आबद्ध ९ साकोसका ४१ प्रतिनिधिहरु सहभागी रहेका थिए । 

कार्यशालामा आयोजक साकोसका अध्यक्ष बिना बुद्धाचार्यको अध्यक्षता र नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेफस्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले प्रोबेशन कार्यक्रम सरकारको अपनत्व भएको कार्यक्रम हो यस कार्यक्रममा आवद्ध भएपश्चात केही संस्था परिस्कृत र केहि पुरस्कृत भएको बताए । नेफ्स्कून विश्वका सर्वोच्च सहकारी र साकोस अभियानसँग प्रत्यक्ष जोडिएको भन्दै उनले भने, “सदस्य संघसंस्थाको सुरक्षा, प्रवद्र्धन र विकासमा विश्वका सहकारी अभियानले ल्याएका हरेक टुल्स र पद्धतिहरु नेफ्स्कूनले आन्तरिकीकरण गरिरहेको छ । यो वर्ष सहकारी अभियानको छवि निर्माण र विश्वास जागरणको वर्ष हो । साकोस अभियानको साख र गरीमा बचाउने काम स्तरीकरण कार्यक्रममा जोडिएका संस्थाहरुले गरिरहेका छन् । अब नेफ्स्कूनले जिम्मा लिने गरी सदस्य संघ संस्थालाई  कार्यक्रममा आवद्धता गर्ने लक्ष्य लिइएको छ ।”

कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउँदै आयोजक ज्ञानज्योति साकोसका अध्यक्ष बिना बुधाचार्यले कार्यशाला सहभागिहरुलाई स्वागत गरेकी थिइन् । नेफ्स्कूले सहकारीको आयकर घटाउनको लागि बहस पैरवी गर्नुपर्ने धारणा राख्दै समुदायमा आधारित संस्थाको पहिचान र सहकारीको वर्गिकरणमा भूमिका खेल्नुपर्ने जनाइन् । संस्थाकी कोषाध्यक्ष कविता राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

Advertisment

थप समाचार