काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्याल ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । अर्याल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) हुन् ।
अर्यालसँग बैंकिङ क्षेत्रमा काम गरेको २० वर्षको अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् ।
Advertisment